काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स दबाबमा परेको छ।
उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले १० ओभर सकिँदा तीन विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाउन सकेको छ। पावर प्लेमै तीन विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा परेको हो।
आज टोलीका भरपर्दा ब्याटर विनोद भण्डारी शून्य रनमै आउट भए। त्यसैगरी आरिफ शेख ६ रनमा आउट हुँदा शेल्डन ज्याक्सनले मात्र १ रन बनाउन सके। १० ओभरको समाप्तिसम्म सुदूरपश्चिमले एक छक्का र एक चौका मात्र प्रहार गर्न सकेको छ।
सुदूरपश्चिमले पहिलो ओभरमै पहिलो विकेट गुमाएको थियो भने दोस्रो ओभरको तेस्रो बलमा दोस्रो विकेट गुमायो। यी दुवै विकेट लुम्बिनीका बलर ट्रम्पलमानले लिएका हुन्। ट्रम्पलमानले शेल्डन ज्याक्सनलाई एलबीडब्ल्यू धरापमा पारेका थिए। त्यस्तै, शेर मल्लले पनि आज एक विकेट लिन सफल भएका छन्।
प्रतिक्रिया