• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    एनपीएलमा काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित

    565
    SHARES



    काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो ।

    त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो । चितवनका लागि देव खनाल र अर्जुन साउदले समान २१–२१ रनको योगदान गरे । त्यस्तै सोहिल तनविरले १८ रन जोडे । काठमान्डुका लागि रशिद खानले सर्वाधिक तीन विकेट लिए ।

    त्यस्तै कप्तान करण केसी, शाहब आलम र दिपेश कँडेलले दुई–दुई विकेट लिए । काठमान्डुका सन्तोष यादवको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनाएको थियो । काठमान्डुका लागि सिम्पसनले ६० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका हुन् ।

    त्यस्तै मिलिन्द कुमारले ४३ बालमा ५ चौकाको सहयोगमा ३८ रन बनाए । काठमान्डुका वेन चाल्र्सवेथले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ चितवनका लागि सोहिल तनविरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चे । त्यस्तै रन्जित कुमार र कमल सिंह ऐरीले दुई–दुई विकेट लिँदा रवी बोपराले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै काठमान्डु ५ खेलबाट ६ अंक जोडेको छ । यता चितवनको ३ खेलबाट ४ अंक छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ