• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    विप्लवको पक्षमा उभिए बाबुराम, पञ्चायतकालको गन्ध आएको भन्दै ओली-प्रचण्डबिरुद्ध यसरी खनिए

    32.9K
    SHARES



    काठमाडौं ।

    नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेका छन् ।

    आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले नेकपाका प्रवक्ता प्रकाण्डलाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि समेत जनाएका छन् ।

    ‘उनीहरुले लिएको बोटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, -‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’

    अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको उनले बताए । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन’ भट्टराइृले भने, ‘विव्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्छ ।’

    उनले नेकपासँग राजनितिकरुपमा डिल गर्नुपर्ने बताएका छन् । यसैबीच केपी-प्रचण्ड सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग बार्ताका लागि तयारी थालेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली समेत गठन भइसकेको स्रोतले बताएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीसँग हुने उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी तथा गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् ।

    शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गरेको हो । यो टोलीलाई काम गर्न सिंहदरबारभित्रै कार्यालय दिने सरकारको तयारी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ