चितवन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) खैरहनी नगर कमिटी चितवनले नापी कार्यालय खैरहनीका प्रमुख शालिकराम लक्सालमाथि कालोमोस दलेर कारबाही गरेको जनाएको छ
नेकपा (बहुमत) खैरहनी नगर कमिटीले जारी गरेको पोस्टरमा लक्साल विभिन्न अनियमितता र दुराचारका घटनामा संलग्न रहेको कारणले उनलाई कारबाही गर्नुपरेको बताइएको छ।
बहुमत खैरहनीका अनुसार लक्सालले पूर्वी चितवनका विभिन्न स्थानको जग्गा किनबेच गर्दा मोटो रकम बुझ्ने गरेको, जग्गा कारोबारमा भूमाफियासँग मिलेमतो गर्ने र उनीहरूलाई सहयोग पुर्याएको आरोप छ।
साथै, सेवाग्राहीबाट विभिन्न शीर्षकमा रकम असुल्ने र कार्यालयमा तोकिएको समयभन्दा सधैं ढिलो उपस्थित हुने जस्ता कार्यमा संलग्न रहेको दाबी गरिएको छ।
खैरहनी नगर कमिटीले लक्सालका गतिविधि पार्टीको नीति र जनताको विश्वासविपरीत भएकाले उनलाई सच्चिन चेतावनी दिदै कारबाही गरिएको जनाएको छ।
प्रतिक्रिया