• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नागरिक एपमा बल्ल देखिन थाल्यो ड्राइभिङ लाइसेन्स

    614
    SHARES



    काठमाडौं । जेन–जेड आन्दोलनका कारण अवरुद्ध भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। यससँगै नागरिक एपमा पनि ड्राइभिङ लाइसेन्स देखिन थालिएको छ।

    आन्दोलनपछि केही समयदेखि नागरिक एपमा लाइसेन्स विवरण देखिँदैनथ्यो। तर, यातायात व्यवस्था विभागको सर्भर आंशिक रूपमा सञ्चालनमा आएपछि सो सेवा पुनः सुचारु भएको विभागले जनाएको छ। विभागका अनुसार आइतबारदेखि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भेरिफिकेसन रिन्यूवल सिस्टम (EDLVRS) सर्भर सञ्चालनमा आएको हो।

    अब लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ सेवा सुचारु भएका छन्। तर अन्य सेवाहरू भने applydlnew.dotm.gov.np वेबसाइट पुनः सञ्चालनमा आएपछि मात्र सुरु हुने विभागले स्पष्ट पारेको छ। विभागका अनुसार काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता (VRS) सेवा पनि आंशिक रूपमा सुचारु गरिएको छ।

    अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालनका लागि परीक्षण कार्य भइरहेको र छिट्टै सेवा सुरु हुने विभागको भनाइ छ। विभागले सबै यातायात व्यवस्था कार्यालयहरूलाई नेटवर्किङ, बायोमेट्रिक उपकरणलगायतका तयारी पूरा गर्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापनमा सक्रिय रहन आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ