• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    वडाध्यक्षलाई खुट्टा मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा

    2K
    SHARES



    जनकपुरधाम । वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिननाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।

    उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गरिरहेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी तीव्र आलोचनामा परेका थिए।

    ५ कात्तिकमा उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका अध्यक्ष चौधरीले पत्रमा लेखेका छन्, “विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु। पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस भएकोले स्वेच्छाले राजीनामा दिएको हुँ।”

    राजीनामा पत्रमा उनले गाउँपालिका अध्यक्षको हैसियतमा पाएको अनुभवलाई “जीवनको महत्त्वपूर्ण उपलब्धि” भन्दै भविष्यमा पनि समाज र गाउँको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीका अनुसार चौधरीको राजीनामा आज बसेको कार्यपालिका बैठकले स्वीकृत गरेको छ।

    अध्यक्ष चौधरी नेकपा (एमाले)बाट निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट विजयी भएकी हुन्। जनप्रतिनिधिहरूबीचको विवादका कारण ५ कात्तिकमा मात्रै गाउँसभा बस्न सकेको पृष्ठभूमिमा यो घटनाले गाउँपालिकाभित्र पुनः तरंग ल्याएको स्थानीयहरूले बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ