• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डीएसपी सवार गाडीले सांसद सवार गाडीलाई ठक्कर दिएको पुष्टि

    1.9K
    SHARES



    विराटनगर । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई ठक्क दिएको पुष्टि भएको छ ।

    सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

    सांसदहरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको पुष्टि भएको हो । चालक झापा दमक नगरपालिका १ का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको छ ।

    दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । सांसद मैया श्रेष्ठ लावती नेपाली कांग्रेसकी सांसद हुन् । यस्तै राधाकृष्ण खनाल एमालेका सांसद हुन् । उनी झापा क्षेत्र नम्बर ४(१) बाट निर्वाचित भएका हुन् ।

    नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् । सांसद बिद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सांसद मैया श्रेष्ठले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइन् । उनले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ ।’

    सांसदहरु कोशी प्रदेशसभाको आजको बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका थिए । प्रदेशसभामा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ