• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पाकिस्तानी सेनाको डेलिगेसन नेपालमा, सांसदले उठाए प्रश्न

    515
    SHARES



    काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पाकिस्तानी सेनाको ११ सदस्यीय डेलिगेसन टोली नेपाल आएको विषयमा प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सिंहले पाकिस्तानी सेनाको टोली ४ मेमा नेपाल आएको बताएका हुन् ।

    सिंहले संसदमा पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा नेपाल आएको समेत संसद्मा बताए ।

    सांसद सिंहले संसद्मा भने, ‘नेपाल सरकारले ४ मेमा ११ जना पाकिस्तानी सेनाको डेलिगेसन बोलाएको छ । पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ आएको हो । ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा आएको छ ।’

    नेपालका छिमेकी मुलुकहरू भारत र पाकिस्तानबिच पहलगाम घटनापछि तनाव रहेको बेलामा नेपाल सरकारले डेलिगेसन बोलाएको भन्दै उनले असन्तुष्टि समेत पोखे ।

    उनले असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपाली जनतालाई कहाँ पुर्‍याउला भन्दै प्रश्न समेत गरे । उनले भने, ‘नेपाल सरकारले के मेसेज दिन खोजिरहेको छ ? के हामी कसैको पक्ष लिन मिल्छ ? पाकिस्तानको मान्छे आउने टाइम नै गलत छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ