• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु

    2K
    SHARES



    काठमाडौँ । कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै समाचार लेखेका छन् ।

    यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

    शरीफ चौधरीका अनुसार आक्रमणमा मस्जिद सहित धेरै ठाउँहरू लक्षित थिए। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्। उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन्।

    भारतले पाकिस्तानमाथि हमला गरेकै बेला पाकिस्तानी तर्फबाट पनि गोलीबारी भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ