काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।
प्रतिक्रिया