• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने

    1.4K
    SHARES



    काठमाडौँ । शिक्षकहरूकाे लामो समयदेखि जारी आन्दोलन समाधानका लागि नेकपा (माओवादी केन्द्र) ले बहुआयामिक संसदीय पहल अघि बढाउने भएको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले विद्यालय शिक्षा विधेयक र शिक्षकका माग सम्बोधन गर्न प्रतिपक्षी र सत्तापक्षी सबै दलसँग ‘फलदायी समन्वय’ गर्ने निर्णय गरेको छ ।

    प्रमुख सचेतक हितराज पाण्डेले बैठकपछि भने, “शिक्षकहरू सडकमा रहेका बेला सरकार मौन बस्न मिल्दैन । हामी विधेयक संशोधन र पारित प्रक्रियामा ठोस कदम चाल्छ ौं ।” उनका अनुसार वैठकले संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकलाई ‘शीघ्र प्रक्रियामा’ लैजान रणनीति तय गरेको छ ।

    माओवादी केन्द्रले सबै दलको प्रतिनिधित्व रहने संयुक्त कार्यदल गठनको खाका अघि सारेको छ, जसले शिक्षक संगठनसँग प्रत्यक्ष वार्ता चलाउने, मागहरूको वित्तीय भार र कानुनी पक्ष मूल्याङ्कन गर्ने र सङ्घीय, प्रदेश र स्थानीय तहबीचको दायित्व विभाजन टुंग्याउने छ ।

    त्यस्तै माओवादीले सरकारले ल्याउने नीति तथा कार्यक्रम, प्री बजेट र बजेटबारे छलफल गर्दै आउने ती कार्यक्रमहरू जनताको पक्षमा कसरी बनाउने भन्नेमा विमर्श गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ