• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डिजिट डिस्प्ले ह्याक गरेर लेखियो ‘केपी चोर, देश छोड’, त्यसपछि कुटिए प्राधिकरणका हाकिम

    3.7K
    SHARES



    चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक सन्देश पोस्ट गरिएको छ।

    उक्त साइबर आक्रमणपछि आक्रोशित समूहले कार्यालयमा तोडफोड गर्नुका साथै प्राधिकरणका प्रमुखमाथि कुटपिट गरेको छ।

    प्राधिकरणका अनुसार सोमबार दिउँसो १२ बजेतिर ग्राहक सूचना प्रर्दशनका लागि राखिएको डिजिटल बोर्ड ह्याक गरी ‘केपी चोर, देश छोड’ नारा अपलोड गरिएको थियो।

    प्राधिकरणले यस्तो गैरकानुनी कार्यप्रति आपत्ति जनाउँदै घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई साइबर क्राइम अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पत्राचारसमेत गरिएको जनाएको छ ।

    तर यो घटनापछि मंगलबार बिहान अफिस समयमा झण्डै ३५-४० जनाको समूह कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी तोडफोड गर्दै उनीमाथि आक्रमण गरेको प्राधिकरणले जनाएको छ।

    प्रधानमन्त्रीविरूद्ध लेखेको भन्दै ती व्यक्तिहरूले कुटपिट गरेपछि आफू कार्यलय जान नसकेको प्रमुख रामु श्रेष्ठले बताए। चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले डिजिटल बोर्डमा कसरी प्रधानमन्त्रीविरूद्ध नारा डिस्प्ले भयो भन्ने विषयमा २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

    सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको थियो। वितरण केन्द्र प्रमुख श्रेष्ठले कसरी प्रधानमन्त्रीको विषयमा डिस्प्ले भयो भन्ने थाहा नभएको बताए।

    यता नेकपा (एमाले)का भातृ संगठन राष्ट्रिय युवा संघ र अनेराश्ववियुले विज्ञप्ति जारी गरेर प्राधिकरणले राज्यविरूद्ध र अनुशासनहिन काम गरेको भन्दै निन्दा गरेका छन्।

    युवा संघ चितवनका अध्यक्ष झलक भट्ट, भरतपुर महानगरका अध्यक्ष राम कार्की, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले जारी गरेको संयुक्त विज्ञप्तिमा कार्यालय प्रमुखको राजीनामा माग गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ