• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

साफ यू–१९ पुरुष च्याम्पियनसिपका लागि उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक

3.8K
SHARES



काठमाडौँ । भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुने साफ यू–१९ पुरुष फुटबल च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई प्रशिक्षकमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । यू–१९ साफ च्याम्पियनसिप आगामी वैशाख २८ देखि जेठ ४ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा ६ वटा राष्ट्रको सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । माल्दिभ्स, भुटान र बंगलादेश प्रतियोगिताको समूह ‘ए’ मा परेका छन् ।

नेपाल, भारत र श्रीलंका प्रतियोगिताको समूह ‘बी’ मा छन् । समूहगत चरणमा प्रत्येक टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।

त्यसपछि दुबै समूहबाट अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलम पुग्नेछन् ।
नेपाली टोलीले आफ्नो पहिलो खेल वैशाख २८ गते श्रीलंकासँग खेल्नेछ

नेपालले आफ्नो दोस्रो खेल भने वैशाख ३० गते भारतसँग खेल्नेछ । नेपाली टोली यो प्रतियोगिताको साविक उपविजेता हो । अघिल्लो संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हराएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ