• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    रुससँगको वार्तापछि डरलाग्दो र रक्तपातपूर्ण युद्ध अन्त्यको सम्भावना बढ्यो – डोनाल्ड ट्रम्प

    1.3K
    SHARES



    वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता राम्रो र उपलब्धिमूलक भएको बताएका छन्।

    पुटिन र अमेरिकी दूत स्टिम विटकोभको बीचमा भएको वार्तापछि ट्रम्पको यो प्रतिक्रिया आएको हो। सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले डरलाग्दो र रक्तपातपूर्ण युद्धको अन्त्यको सम्भावना बढेको बताए।

    यस बिचमा युक्रेनी राष्ट्रपति भोलोडोमिर जलेन्स्कीले रुसी राष्ट्रपति युद्ध चाहेकाले वार्ताबाट भाग्न चाहेको बताए। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युद्ध विरामको प्रक्रियामा रुसले कुनै खेल खेल्न नहुने बताए।

    केहिदिन अघि मात्रै युक्रेनले अमेरिकाले राखेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरी सकेको छ। रुसले भने स्वीकार गर्न बाँकी छ।

    पुटिनले आफू वार्ताका लागि सकारात्मक भए पनि केही अप्ठेरो अवस्था रहेको बताए। जेलेन्स्कीले भने बारम्बार पुटिनले स्थितिमा अप्ठेरो शर्त राख्दै वार्ताबाट भाग्न चाहेको आरोप लगाइरहेका छन्।

    स्टेइमरले पनि रुसी राष्ट्रपति वार्तामा गम्भीर नभएको आरोप लगाएका छन्। गएको शनिबार स्टेइमरले २५ भन्दा बढी देशका नेतासँग भिडियो कल गर्दै लन्डन सम्मेलनले तय गरे जस्तै शान्ति प्रक्रियामा लागि सबैले चासो दिनु पर्नेमा जोड दिएका थिए।

    रुस टेबलमा आए आफूहरू युद्ध विराममा मनिटरिङ गर्न तयार रहेको उनले बताए। उनले पुटिनले युद्ध मैदान र रक्तपात नै चाहेकाले उनलाई मनाउन ट्रम्प सफल हुनेमा आशा व्यक्त गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ