• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राजतन्त्रका पक्षमा भइरहेका गतिविधिको सशक्त प्रतिवाद गर्ने समाजवादी मोर्चाको निर्णय

    485
    SHARES



    काठमाडौं । समाजवादी मोर्चामा सहभागी दलहरूले राजतन्त्रका पक्षमा भइरहेका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै सशक्त प्रतिवाद गर्न अपिल गरेको छ ।

    मंगलबार बसेको मोर्चाको बैठकले यस्ता गतिविधि स्वीकार गर्न नसकिने निष्कर्ष निकाल्दै सशक्त प्रतिवादका लागि अपिल गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए ।

    ‘समाजवादी मोर्चाको निम्ति यो सैह्य छैन । नेपालका कम्युनिस्ट र वामपन्थीका लागि यो सैह्य छैन,’ प्रकाण्डले भने, ‘प्रतिक्रान्तिकारी हर्कत भनेको देश र जनताको लागि दुर्दशाको हर्कत हो । यसलाई सशक्त रुपमा प्रतिवाद गर्नका लागि अपिल गर्नुपर्छ ।’

    त्यस्तै, पछिल्ला दिनमा भइरहेका गतिविधिबारे आजको बैठकमा गम्भीर छलफल भएको उनले बताए ।

    ‘नेपाली जनताले तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनः ल्याउनेगरी जस्तो हर्कत भइरहेको छ, यो आफैंमा भयंकर आपत्तिजनक कुरा छ । देशलाई प्रतिगमनतर्फ लाने जुन हर्कत भइरहेको छ, यो स्वीकार्य छैन,’ बैठकपछि प्रकाण्डले भनेका छन् ।

    प्रतिवाद गर्नका लागि देशका विभिन्न दल, नागरिक समाज, वुद्धिजिवी र पत्रकारहरूसँग आवश्यक छलफल अघि बढाउने निर्णय पनि गरिएको उनले बताए । २५ फागुनमा भएको राजावादीहरूको प्रदर्शनले आफूहरू डराएको नभइ सिरियस भएको समाजवादी मोर्चाका दलहरूको भनाइ छ ।

    गणतन्त्रको बलियो आधारबाट आतंकित भएर यस्ता कार्यहरू भएको समाजवादी मोर्चाको भनाइ छ । गणतन्त्रका विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निष्कर्ष निकाल्दै यसका विरुद्धमा आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ