• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    रुसमाथि युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो हमला, चाँडै बदला लिने चेतावनी

    24
    SHARES



    किभ । युक्रेनले रुसका कयौं स्थानमा आक्रमण गरेको छ । सन् २०२२ को शुरुमा दुई देशबीच युद्ध शुरु भएयताको यो सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनको छ ।

    धेरै क्षेत्रहरूमा गोलाबारुदका डिपो र रासायनिक प्लान्टहरूलाई लक्षित गरिएको युक्रेनी सशस्त्र बलले बताएको थियो । यीमध्ये केही सीमाबाट सयौँ किलोमिटर टाढा थिए ।

    युक्रेनको गुप्तचर निकायले बीबीसीलाई बताएअनुसार यो आक्रमण रुसी क्षमतामाथि पीडादायी प्रहार थियो । तर युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्टर्म श्याडो क्रुज मिसाइललाई खसालेको दाबी रुसको छ ।

    यो आक्रमणको जवाफ दिने रुसले बताएको छ । युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी शहर साराटोभमा विद्यालयहरू बन्द गरिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया