काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई पाँच विकेटले हराएको छ । जितसँगै वेस्ट इन्डिज तीन खेलको शृङ्खलामा १-० को अग्रतामा छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले ४७.४ ओभरमा केवल ५ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
क्यारेबियन टोलीको जितमा सेरफन रुथरफोर्डले शतकीय योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएर आक्रामक रूपमा प्रस्तुत भएका रुथरफोर्डले केवल ८० बलको सामना गरी आठ छक्का र सात चौका पनि हिर्काएका हुन् ।
प्रतिक्रिया