काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । विराटनगरले बुधबार खेलिएको आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।
पहिलो ब्याटिङ गर्दै लुम्बिनीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ८ विकेटको क्षतिमा पछ्यायो । अन्तिममा आएका क्रिस सोलले ४ बलमा २ चौका र १ छक्का हिर्काउँदै टोलीलाई रोमाञ्चक जित दिलाए ।
यससँगै सन्दीप लामिछानको कप्तानीमा रहेको विराटनगर किङ्स लगातर तेस्रो हारबाट पनि बचेको छ । विराटनगरलाई लगातर तेस्रो हारबाट बचाउन ओपनर लोकश बमले अर्धशतक प्रहार गरे ।
लोकशले ३ चौका र ६ छक्काको सहयोगमा ४७ बलमा ७१ रन जोडे । अन्ततः उनी १७ दशमलव ४ ओभरमा रामोन सिमन्ड्सको बलमा सन्दीप जोरामार्फत क्याच आउट भए ।
त्यस्तै, विराटनगरलाई जिताउन बसिर अहदमले २४ बलमा ४० रन जोडे । उनी उनी दुर्गेश गुप्ताको बलमा बेन कटिङमार्फत क्याच आउट भए । मार्टिन गप्टिलले ६ चौकाको सहयोगमा १७ बलमा २८ रन जोडे ।
अन्य खेलाडीले दोहोरो रन नबाए पनि टिमले जित निकाल्यो । ओपनर इस्मत आलम र निकोलस किर्टोनलाई लुम्बिनीका बलरले शून्यमै समेटे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
बलिङतर्फ विराटनगरका दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए । साद बिन जफर र रामोन सिमन्ड्स समान दुई विकेट लिए भने विवेक यादवले १ विकेट लिए ।
प्रतिक्रिया