• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    टस हारेर बंगलादेशविरुद्ध नेपाल ब्याटिङमा

    158
    SHARES



    काठमाडौं । यु–१९ एसिया कप क्रिकेटमा नेपाल र बंगलादेश खेलिरहेका छन् । युनाईटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रंगशालामा जारी खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।

    पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । यस्तै, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो जित हात पारेको बंगलादेश सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई हराउने योजनामा छ ।

    एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।

    नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

    सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् भने समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया