• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो

    191
    SHARES



    काठमाडौं । उत्तरी गाजाको शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा परी २१ महिला सहित ३३ जनाको ज्यान गएको छ ।

    हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसको जानकारी गराए पनि जबालियाको सो घटनाका बारे इजरायल मौन नै छ । नेता याया सिनावरको मृत्यु पछि युद्ध विरामको झिनो आशा पलाए पनि समूहका उप नेताहरूले हमास अझ बलियो भएर प्रस्तुत हुने बताउन थालेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले हिलबुल्लाहले लडी रहेको लेबनानमा शान्तिको सम्भावना रहेको बताए पनि गाजामा हमाससँगको युद्ध विरामको सम्भावना कमै देखिएको छ । जर्मनीको राजधानी बर्तिनमा बेलायत, फ्रान्स र जर्मनीका नेताहरूसँगको भेट सकिए फर्कने क्रममा उनले सो कुरा बताएका हुन् ।

    हमासको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको सो घटनामा ३ घरमा बसेका ८५ जना गम्भीर घाइते भएका छन् । यस कारण मर्नेको सङ्ख्या ५० सम्म पुग्न सक्ने अनुमान गरिएको छ । हमासको दाबीलाई पुष्टि गर्ने तटस्थ आधार छैन ।

    मूल सहरबाट टाढा छुट्टिएर बसेको उत्तरी गाजामा टेलिकम्युनिकेसन र इन्टरनेट सेवा अवरुद्ध छ । त्यहाँ मृतहरूको शव व्यवस्थापन गर्न एम्बुलेन्स सेवा तैनाथ गरिएको अस्पताल भरिभराउ भएका कारण भुईँमा राखेर उपचार गराइएको समेत जनाइएको छ । सो घटना भन्दा अघि नै ३९ मारिएको अर्को एक समाचारमा जनाइएको छ ।

    गत २ साता देखि ४ लाख मानिसहरू ट्र्यापमा परेका छन् । त्यहाँ खाद्यान्न र पानीको अभाव छ । राष्ट्र सङ्घको मानवीय सहयोगका कार्यालयका प्रमुख जर्जियस पेट्रोपोलियसले जाबालियमा रहेका परिवारको अवस्था निरीह रहेको जनाएका छन् ।

    इजरायलले शुक्रवार सो स्थानमा उत्तरी गाजामा खानेकुरा, पानी, औषधी र बसोबासका लागि आवश्यक पर्ने सामान गरी ३० लरी मानवीय सहयोगको कुरा पठाएको कुरा जनाएका छन् ।

    इजरायली प्रधानमन्त्री इमाली चिक्लीले केही प्रतिबन्धित स्थानमा सामान लैजान बन्देज लगाएको तथा अन्य सर्वसाधारणलाई सुरक्षित स्थान जान भनेको बताए । उनले अन्तर्राष्ट्रिय कानुन अनुसार इजरायल सही भएको दाबी समेत गरे ।

    शुक्रबार नै हमासका उपनेता खालिल अल हैयाले इजरायलले प्यालेस्टाइन नछाडेसम्म बन्दी नछाड्ने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया