• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपाका केन्द्रीय सदस्य आजाद अपहरण शैलीमा गिरफ्तार

    28.5K
    SHARES

    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले गिरफ्तार गरेको छ । पारिवारिक स्रोतका अनुसार केसीलाई भक्तपुरमा रहेको आफ्नै डेराबाट प्रहरीले मंगलबार अपराह्न अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले नेता केसीलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन ।

    प्रहरीले उनलाई गिरफ्तार गरेर कहाँ राखिएको छ भन्नेबारेमा समेत केहि जानकारी दिएको छैन । यसअघि प्रहरीले ४ जना पोलिटब्युरो सदस्य मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई सहित दर्जनौं नेता कार्यकर्ताहरुलाई समेत गिरफ्तार गरेर हिरासतमै राखेको छ ।

    अदालतले पटकपटक छोड्न र रिहा गर्न आदेश दिदाँदिदै पनि प्रहरीले अदालतको आदेशको अटेरी गर्दै ठाउँ बदलेर हिरासतमा राख्दै आएको छ ।

    प्रतिक्रिया