• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    ४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो

    463
    SHARES



    काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९. १८अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ ।

    अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो । कारोबार सुरु हुँदा बजार ओरालो लागेको थियो । ११ : ३२ बजे नेप्से २४४४ अंकसम्म झरेको थियो । त्यसपछि बढेको बजार दिनभर रातो हुन पाएन ।

    म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे ।

    २१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

    माथिल्लो मैलुङखोला जलविद्युतको ९.५४, कुथेली बुकरी स्मल हाइड्रोको ८.३, आत्मनिर्भर लघुवित्तको ८, सिनर्जी पावरको ७.७ तथा रुरु जलविद्युतको मूल्य ७.४ प्रतिशत बढ्यो ।

    हिमालयन हाइड्रोपावरको ६.३ तथा स्वरोजगार लघुवित्तको ६.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर क्रमशः अगाडि रहे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ