• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    विश्वकप लिग २- टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो

    1K
    SHARES



    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

    क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल असोज ६ गते खेल्नेछ। नेपालले ओमानसँगको दुई सिरिज भने असोज २ र ८ गते खेल्नेछ।

    नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी-२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ। क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी–२० आई सिरिज खेल्नेछ।

    चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

    नेपालको प्लेलिङ ११ मा

    कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ