• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    उपसभामुखलाई हटाउने सम्बन्धमा कुनै छलफल भएको छैन : प्रधानमन्त्री ओली

    328
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् ।

    भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आपत्ति जनाएको थियो । सोहीबारे संसद्लाई जानकारी दिँदै उनले अनावश्यक कुरा नउचाल्न आग्रह गरे ।

    ‘प्रस्तावै नगरको विषयमा कसरी छलफल भयो ? संसदमा छलफल गरेको विषयमा पनि होइन । कसैले कुरा गरेको भनेको विषयमा उत्पातै मच्चाए । संसदमा के भएछ भनेर सोध्न पनि नहुने ? जातियता, लिंग वर्गको कुरा उछालेका छन् । यस्ता अनावश्यक कुरा नउचाल्न म माननीयजूलाई आग्रह गर्दछु’, उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ