• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    इजरायली हमलामा राष्ट्रसंघ अन्तर्गतका ६ कर्मचारी मारिए

    1.3K
    SHARES



    काठमाडौँ । प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको निकाय ‘युएनआरडब्ल्यूए’ले मध्य गाजामा भएको इजरायली हमलामा आफ्ना ६ जना कर्मचारी मारिएको जनाएको छ ।

    मध्य गाजाको एउटा विद्यालयमा इजरायलले गरेको हवाई हमलामा आफ्ना कर्मचारी मारिएको ‘युएनआरडब्ल्यूए’ले जानकारी दिएको छ ।

    गत अक्टोबरमा इजरायल र प्यालेस्टिनी लडाकु समूह ‘हमास’बिच युद्ध सुरु भए यता एउटै घटनामा यति ठुलो संख्यामा आफ्ना कर्मचारी मारिएको यो पहिलो पटक रहेको ‘युएनआरडब्ल्यूए’ले जनाएको छ ।

    अस्पतालका अधिकारी तथा हमास सञ्चालित सिभिल डिफेन्स एजेन्सीका अनुसार यसअघि नुसीरत शरणार्थी शिविरमा रहेको अल जाउनी स्कुलमा भएको हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । सो शरणार्थी शिविरमा हजारौँ विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् ।

    इजरायली सेनाले स्कुलभित्र रहेर हमलाको योजना बनाइरहेका उग्रवादीमाथि आफूले सटिक निसाना लगाएर हमला गरेको जनाएको छ । हमलाका क्रममा नागरिकतर्फ हुने नोक्सान कम गर्न विशेष ध्यान दिइएको पनि इजरायली सेनाको दाबी छ ।

    ‘युएनआरडब्ल्यूए’का अनुसार इजरायल र हमासबिच युद्ध सुरु भए यता सो स्कुलमा पाँच पटक इजरायली सेनाका तर्फबाट हमला भइसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ