• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    परराष्ट्रमन्त्री राणाको स्वीकारोक्ति- राजदूत सिफारिस समावेशी हुन सकेन

    556
    SHARES



    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले राजदूत नियुक्ति गर्दा समावेशी पाटोमा ध्यान दिन नसकेको स्वीकार गरेका छन् ।

    सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर जाने बताइन् ।

    संविधानमा समानुपातिक समावेशिता विषय उल्लेख भए पनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउँदा विशेष ध्यान दिनुपर्ने उनले बताइन् । राणाले महिला राजदूत तोक्न पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गरिन् ।

    मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिलाई पनि गहन रुपमा सुनुवाइ गरेर मात्रै अनुमोदन गर्न समितिसमक्ष आग्रह गरिन् । बैठकमा समिति सदस्यहरूले एकैपटक १७ जना राजदूतको सिफारिस हुँदा पनि समावेशी समानुपातिकमा सरकारले ध्यान दिन नसकेको बताएका थिए ।

    सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको समितिले सुनुवाइसमेत गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया