काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित आफ्नै निवासको अवलोकन गरेका छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले ओलीको घरमा आगजनी र तोडफोड गरेका थिए। त्यसयता पहिलोपटक उनी आज उक्त घर पुगेका हुन्।
ओलीले आगलागी र तोडफोडबाट भएको क्षतिको प्रत्यक्ष अवलोकन गरेकाे उनको सचिवालयले जनाएको छ। जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली हाल भक्तपुरको गुण्डुस्थित आवासमा बस्दै आएका छन्।
प्रतिक्रिया