• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    डाक्टरहरूले मान्छेको पेटमा जिउँदो इल देखेपछि…

    6.2K
    SHARES



    काठमाडाैँ। भियतनामको एउटा अस्पतालमा डाक्टरहरूले एक पुरुषको पेटबाट इलेक्ट्रिक माछा इल झिकेका छन् । यही जुलाई २७ मा  भियतनामको हानोईस्थित भियत डक अस्पतालको आकस्मिक कक्षमा सहनै नसक्ने गरी पेट दुखेको भन्दै नाम नखुलेका ती भारतीय नागरिक भर्ना भएपछि डाक्टरलेहरूले इल माछा निकालेका हुन्  ।

    दुखाई खप्न नसकेर ती पुरुष रोइ कराई गरिरहेका थिए । आफ्नो पेटमा जिउँदो इल छिरेको र आफूलाई खप्नै नसक्ने पीडा भइरहेको उनको भनाइ थियो । डाक्टरहरूले अनेकौँ खालका बिरामी देखेका थिए, तर मान्छेको पेटभित्र जिउँदो इल भएको बिरामी अहिलेसम्म देखेका थिएनन् ।

    त्यसैले सुरुमा डाक्टरहरूले पनि बिरामीको कुरा पत्याएनन्, तर एक्स र अल्ट्रासाउन्डको रिपोर्टले भने बिरामीको भनाई सत्य देखायो । डाक्टरहरूले इन्डोस्कोपी अनि कोलोनोस्कपी गरेर त्यो जीवलाई निकाल्ने कोसिस गरे गरे पनि चिप्लो इललाई केही गरी समात्न सकेनन् ।

    समय बित्दै जाँदा बिरामीको पीडा झन् झन् बढ्दै गइरहेको थियो । यस्तोमा डाक्टरहरूसामु पेट चिरेर इल निकाल्नुको विकल्प थिएन । जब उनीहरूले पेट चिरे ती पुरुषको पेटबाट ६५ सेमी लामो १० सेमी मोटो इल निस्कियो ।

    पेटबाट बाहिर निस्कन इलले आन्द्राभरि टोकेर घाउ नै घाउ पारिदिएको थियो । ती पुरुषले जिउँदो इललाई आफ्नो शरीरभित्र किन छिराए भन्ने चाँहि खुलेकाे छैन । केही समय अघि भियतनामकै क्वाङ निन्ह प्रान्तमा डाक्टरहरूले एक अर्का पुरुषको पेटबाट पनि जिउँदो इल निकालेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ