काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनाधिकृत फेसबुक पेज हटाएर त्यसका प्रयोगकर्तालाई कारबाही माग गरेकी छन् ।
डंगाेलले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेख्दै आफ्नो चरित्र हत्या भएको बताएकी हुन् । यसअघि त्यस्ता पेज बन्द गर्न आग्रह गरे पनि कार्यान्यवन हुन नसकेको उनले बताएकी छन् । ती पेजमा विभिन्न खाले र विवादित सामाग्री प्रकाशन भइरहेको पनि उनले पत्रमा भनेकी छन् ।
प्रतिक्रिया