• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो

    371
    SHARES



    काठमाडौँ । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ ।

    यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ ।

    पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ