• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सर्वोच्चको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउत सिफारिस

    1.2K
    SHARES



    काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतलाई सिफारिस गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

    बैठकमा सहभागी परिषद् सदस्य तथा उपसभामुख इन्दिरा रानामागरले वरिष्ठताका आधारमा सर्वोच्चको प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरिएको बताइन् ।

    ‘हामीले बैठकबाट प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतको नाम सिफारिस गरेका छौँ,’ उनले भनिन्, ‘सिनियारिटीको हिसाबबाट उहाँ सिफारिसमा पर्नुभएको हो ।’

    ६५ वर्षे उमेर हदका कारण सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अवकाशमा जाँदैछन् । सर्वोच्चका न्यायाधीशहरूको वरिष्ठतामा न्यायाधीश राउत अगाडि थिए ।

    त्यसपछि क्रमशः नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया