• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

    353
    SHARES



    सहकारी संस्था बचत रकम दुरूपयोग छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्।

    समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका थिए। लगत्तै सभामुख घिमिरेले कार्यार्थ सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका हुन्।

    ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने।

    प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो। समितिलाई तीन महिनाको समयावधि दिएकामा १५ दिन थप गरिएको थियो।

    समितिमा नेपाली कांग्रेसबाट दिलेन्द्र बडू (बद्री पाण्डे रहेकामा उनी मन्त्री बनेपछि बडूलाई बनाइएको), ईश्वरी न्यौपाने, नेकपा (एमाले)बाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

    समितिले ६६ वटा बैठक बसेको थियो। त्यसक्रममा सहकारीका बचत अपचलनबाट मर्कामा परेकाहरू, अपचलनमा संलग्नहरू, सरोकारवाला, विषय विज्ञसँग समेत समितिले छलफल गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ