• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पेरिस ओलम्पिकमा पाकिस्तानका अरशदलाई कीर्तिमानी स्वर्ण

1.8K
SHARES



काठमाण्डौ । पेरिस जारी ओलम्पिकमा पाकिस्तानले इतिहासमै व्यक्तिगत विधातर्फ पहिलो स्वर्ण पदक जितेकाे छ । पेरिस ओलम्पिकमा पाकिस्तानका अरशद नदीमले नयाँ ओलम्पिक कीर्तिमानसहित ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका हुन् ।

गएराति सम्पन्न खेलमा भारतका साविक स्वर्ण विजेता निरज चोपडालाई पछि पार्दै नदिमले स्वर्ण जितेसँगै ४० वर्षपछि पाकिस्तानमा स्वर्ण पदकको खडेरी पनि तोडिएको छ । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो ।

नदीम ट्र्याक एन्ड फिल्डमा स्वर्ण जित्ने दोस्रो दक्षिण एशियाली खेलाडीसमेत बनेका छन् । प्रतियोगिताको समग्र पदक तालिकामा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित शीर्ष स्थानमा छ ।

चीन २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित दोस्रोमा छ । यस्तै तेस्रो स्थानमा रहेकाे अस्ट्रेलियाको १८ स्वर्ण, १४ रजत र १३ कास्य रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ