• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

काभा भलिबलमा आज नेपाल र माल्दिभ्स भिड्दै

1.8K
SHARES



काठमाडौँ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको अन्तिम खेलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुने भएकाे छ ।

नेपालले जारी प्रतियोगितामा ३ खेलबाट २ मा जित र एकमा हारसहित ६ अंक जोडेको छ । माल्दिभ्स भने यसअघिका तीनवटै खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिसकेको छ ।

नेपाल र माल्दिभ्सको खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुँदैछ। प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्नेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ