• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रोल्पामा घरसँगै पुरिएकी बज्यैको शव भेटियो, नातिनीको खोजी हुँदै

    0.9K
    SHARES



    रोल्पा । रोल्पामा घरसँगै पुरिएकी ७० वर्षीया बसुना सुनारको शव भेटिएको छ। गएराति सुनछहरी गाउँपालिका-५ कामीडाँडामा देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा बसुना र छोरी चार वर्षीया किमा सुनार बेपत्ता भएका थिए।

    खोजीका क्रममा शनिबार बिहान बज्यै बसुना पुरिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। बसुनाकी नातिनी ४ वर्षीया किमाको अवस्था भने अझै अज्ञात छ। उनको खोजी भइरहेको डिएसपी लामाले जानकारी दिए।

    खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा प्रहरीको टोली खटाइएको छ। शुक्रबार राति माथिबाट झरेको पहिरोले ढुँगा माटोबाट बनेको देउसिंहको एक तले कच्ची घर पुरेको थियो ।

    घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए। सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएका थिए।

    शुक्रबार देउसिंह र उनकी श्रीमती भने घरमा थिएनन् । उनीहरू कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ