• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    इर्खुवा खोलाको बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता

    848
    SHARES



    काठमाडाैं । भोजपुरमा बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । मंगलबार राती आएकाे बाढीले साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको हाे ।

    बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको भोजपुर जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राती १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्स्पेक्टर दीपक श्रेष्ठले बताएका छन् ।

    बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् ।

    बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ