• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एसिया कप क्रिकेटको उपाधि

2.5K
SHARES



काठमाडौं । भारतलाई हराउँदै महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । आज भएको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले जित हात पारेकाे हाे ।

टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा १६५ रनको बलियो स्कोर खडा गरेको थियो । भारतकी कप्तान स्मृती मन्धनाले ४७ बलमा ६० रन बनाइन् । श्रीलंकाले २ विकेट मात्रै गुमाएर लक्ष्य भेट्टायो ।

श्रीलंकाले पहिलो विकेट ७ रनमै गुमाएको थियो । भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन् । तर, कप्तान चामरी अथापट्थु र हर्षिता समराविक्रमाले ८७ रनको साझेदारी गर्दै श्रीलंकालाई जितको बाटोमा डोहोर्याएका थिए । चामरीले ४३ बलमा ६१ रन र हर्षिताले ५१ बलमा ६९ रनको योगदान दिए ।

चौंथो नम्बरमा आएकी कभिसा दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन । श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य हासिल गरेको थियो । श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो । याेसंगै आठौंपटक विजेता बन्ने भारतका सपनि अधुरै रहेकाे छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ