• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टेकु अस्पतालबाट भागेका दुई जनामा हैजा संक्रमण पुष्टि

    864
    SHARES



    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षण गरिएका दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

    ललितपुर गोदावरी नगरपालिकामा रहेकाे एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । झाडापखाला लागेका शंकास्पद बिरामीलाई अस्पताल पुर्याइएकाे थियाे ।

    गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएका उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए ।

    ‘तीन जनामध्ये दुई जना २१ र ५५ वर्षका पुरुषमा हैजा संक्रमण पुष्टि भयो,’ डा. पौडेलले भने, ‘त्यही सुधार केन्द्रबाट सोमबार ल्याइएका एक अर्का युवकमा पनि हैजा पुष्टि भएकाे छ ।’ ती युवकको मिर्गौलामा समस्या आएपछि थप उपचारका लागि टेकु अस्पतालले पाटनमा रेफर गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया