• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बीआरआई छलफल नगरी कार्यान्वयन गर्न सकिन्न : परराष्ट्रमन्त्री राणा

    795
    SHARES



    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् । बीआरआई परियोजना कार्यान्वयनसम्बन्धी योजनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्री राणाले यस्ताे अडान सुनाएकी हुन् ।

    बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास पनि राणाको छ ।

    सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकारभित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षसँग पनि छलफल गर्ने उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया