• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पेरिस ओलम्पिक फुटबलकाे पहिलाे दिन अर्जेन्टिना र माेरक्काे खेल्ने

3K
SHARES



काठमाडौं । पेरिस ओलम्पिकमा फुटबल भाेलिदेखि सुरूहुने भएकाे छ । बुधबारदेखि पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू सुरु हुने भएका छन् ।

३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने शुक्रबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् । भोलिदेखि फुटबल र रग्बी सेभेन्सका खेलहरू सुरु हुनेछन् भने बिहीबार आर्चरी र ह्यान्डबलको प्रतिस्पर्धा सुरु हुने भएकाे हाे ।

पुरुष फुटबलअन्तर्गत पहिलो खेल अर्जेन्टिना र मोरक्कोबीच हुनेछ । समूह बी मा रहेका यी दुई टोलीबीचको खेल सेन्ट एटिएनमा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ