काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद् बाहिर लेखनदासबाट लेखिएको र संसद्बाट पारित गरिएको संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा उनले जनतालाई गोली बर्साएर जारी संविधान पुनर्लेखन गर्नुपर्ने बताए ।
संविधान संशोधनको सवाल अति महत्त्वपूर्ण सवाल रहेकाे भन्दै जनतामाथि गोली बर्साएर जारी भएको संविधान संसाेधन गर्न आवश्यक रहेको बताएका छन् ।
संविधान सभामा ३ सयभन्दा बढी संशोधनहरू प्रस्तुत भए पनि छलफल नै नगरी बाहिर लेखनदासहरूबाट लेखाएर संविधानसभाको माध्यमद्वारा घोषणा गरिएको संविधानकाे पुनर्लेखन जरुरी रहेकाे उनकाे भनाई छ ।
उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरू लगायतका विषयहरूमा संशोधनको आवश्यकता रहेको र संविधान संशोधनको प्रक्रिया अघि बढाउन पदि माग गरेका छन् ।
प्रतिक्रिया