• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अस्थिरताको कारण कांग्रेस र एमाले हुन् : राजेन्द्र लिङ्देन

    2.3K
    SHARES



    काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकको यो अवस्था आउनु र जनतामा निराशा छाउनुमा कांग्रेस–एमाले नै मुख्य कारक रहेको बताए ।

    संख्याको बलमा राजनीतिक स्थिरता प्राप्त नहुने भन्दै उनले पटकपटक बहुमत ल्याएका दलले पनि विगतमा सरकार पूरा समय चलाउन नसकेको चर्चा पनि गरेका हुन् । त्यसैले राजनीतिक स्थिरताका लागि भन्दै संख्याको बल देखाउनु गलत भएको उनको भनाइ छ ।

    ‘पटकपटक कांग्रेसले बहुमत ल्यायो । कम्युनिस्ट पार्टीले त करिब दुईतिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चलाउन सक्नुभएन,’ उनले भने, ‘त्यसैले संख्या प्रमुख होइन, विचार प्रमुख हो, व्यक्तिको आचरण प्रमुख हो ।’

    उनले कांग्रेस–एमाले मिलेर सरकार बनाउन लागेको सुन्दा सुरुमा स्वागत गरे पनि पछि नियतमा खोट देखिएको भन्दै उनले विपक्षमा मतदान गर्ने जानकारी गराएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ