काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । आइतबार दुई नेता बिच सिंहदरवारमा भेटवार्ता भएकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुअघि नेताहरू प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् ।
माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
प्रतिक्रिया