• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकी राष्ट्रपति बाइडेनकाे माथिल्लो श्वासप्रश्वास नलीमा समस्या

    2.1K
    SHARES



    काठमाडाैं। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड- १९ सङ्क्रमणसँग सम्बन्धित ‘माथिल्लो श्वास प्रश्वास नलीमा हल्का समस्याको’ अनुभव गरेको र चिकित्सकको सल्लाहमा ‘प्याक्सलोभिड’ को मात्रा दिइएको ह्वाइट हाउसले जनाएको छ ।

    बाइडेनका चिकित्सक डा. केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताएका हुन् ।

    डा. केभिन ओ कनरले भने ‘राष्ट्रपतिले कोभिड-१९ सङ्क्रमणका कारण माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या अनुभव गरिरहनुभएको छ । उनलाई ‘प्याक्सलोभिड’ दिइराखेका छौँ । उनलाई ज्वरो आएको छैन र अन्य मुख्य लक्षणहरू सामान्य छन् ।’

    ‘राष्ट्रपतिको अनुमति लिएर उनको बारेमा मैले पहिलेजस्तै नियमित जानकारीहरू सार्वजनिक गरिरहनेछु,’ उनले बताए । ह्वाइट हाउसले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति बाइडेन डेलावेयर फर्केर आइसोलेसनमा बस्नुहुनेछ । त्यस समयमा उहाँका सबै जिम्मेवारीहरू पूर्ण रूपमा सम्हाल्ने कार्यलाई जारी राख्नुहुनेछ ।’

    लस भेगासमा आयोजित राष्ट्रिय सम्मेलनमा भाग लिएको एकदिन पछि ८१ वर्षीय राष्ट्रपति बाइडेनमा बुधबार कोभिड-१९ सङ्क्रमण देखिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ