• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

महिला एशिया कप भोलिदेखि श्रीलङ्कामा शुरु हुँदै, उद्घाटन खेलमा नेपाल र यूएई खेल्दै

2.5K
SHARES



काठमाण्डाै। महिला एशिया कप टी-२० क्रिकेट प्रतियोगिता भोलिदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उद्घाटन खेलमा भोलि नेपाल र यूएई खेल्दैछन् । नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । भोलि नै यो खेलपछि भारत र पाकिस्तान खेल्दैछन् ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् ।

एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भोलिदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल यही जुलाई २८ मा हुनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ