• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    दुबईकी राजकुमारीले इन्स्टाग्रामबाट गरिन् डिभोर्सको घोषणा

    2.2K
    SHARES



    दुबई । दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो पति शेख मनासँग डिभोर्सको घोषणा गरेकी छन् ।

    यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा ‘डियर हस्ब्यान्ड’ बाट सुरु गर्दै ‘तिमी अरूसँग सहवासमा रहेकाले हामीबीच डिभोर्स घोषणा गर्छु’ भनेकी छन् ।

    अन्त्यमा ‘आई डिभोर्स यु’ तीनपटक लेख्दै उनले ‘आफ्नो ख्याल गर, तिम्रो पूर्वपत्नी’ लेखेर डिभोर्स घोषणा टुंग्याएकी छन् । उक्त घोषणापछि दुवैले आ–आफ्नो इन्स्टाग्रामबाट एकार्काको तस्बिर हटाएर एकार्कालाई ‘ब्लक’ गरेका जनाइएको छ ।

    राजकुमारीकाे सन् २०२३ मार्च २२ मा इन्गेजमेन्ट भई २०२३ मे २८ मा विवाह भएको थियो । उनीहरूकी एक छोरी २०२४ मेमा जन्मिएकी थिइन् । उनको घोषणापछि शिखाको इन्स्टाग्राम ह्याक भएको हो कि भनेर कतिपयले प्रश्न समेत गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया