• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    पूर्वघोषणा अनुसार चौधरी समूहले दियो क्रिकेटरलाई १० लाख

    1K
    SHARES



    काठमाडौं। चौधरी समूहको सहायक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    सीजी फुडस्ले गरेको घोषणाअनुसार उक्त रकम आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई प्रोत्साहनस्वरुप हस्तान्तरण गरिएको हो ।

    नेपाली राष्ट्रिय टोलीको टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरुप प्रत्येक रनको १ हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार दिने घोषणा गरेको थियो ।

    प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतक ५० हजार, प्रत्येक शतकको १ लाख रुपैयाँ दिने भनिएको थियो । त्यसका अतिरिक्त चौधरी समूहले १ लाख ५० हजार नगद उपलब्ध गराउने घोषणा गरेको थियो ।

    सुपर आठमा पुगेमा राष्ट्रिय टोलीलाई ३० लाख दिने घोषणा पनि चौधरी समूहले गरेको थियो । उक्त घोषणाअनुसार विश्वकपमा नेपाली टोलीको समग्र प्रदर्शनका आधारमा कुल रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार र छक्काको १ लाख ८ हजार रुपैयाँसहित जम्मा ९ लाख ४४ हजार र थप ५६ हजार हस्तान्तरण गरिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया