• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    के हो चीनमा खाना पकाउने तेल विषाक्त बनेको प्रकरण ?

    1.1K
    SHARES



    काठमाडाैं। चीनमा खाना पकाउन प्रयोग गरिने तेल ओसार्न इन्धन ओसारपसार गर्ने ट्याङ्करहरूको प्रयोग गरिएको मामिलामा त्यहाँको सरकारले छानबिन गर्ने भएको छ । विषाक्त रसायनहरू भएका ती ट्याङ्करहरू राम्रोसँग सफा नगरीकन त्यसमा खाने तेल लोड गरिएपछि खाने तेल विषाक्त बनेको चिन्ता सबैतिर व्याप्त छ ।

    नेटिजन्सहरूले ट्याङ्करमा भएका विषाक्त पदार्थले तेल विषालु बनेको चिन्ता व्यक्त गरेका छन् । बेइजिङ न्यूजमा आएको समाचारअनुसार राम्रोसँग सफा नगरीकन इन्धन बोक्ने ट्याङ्करलाई खाना पकाउने तेल र सिरप जस्ता खाद्य वस्तु बोक्न प्रयोग गरिएको पाइएको छ ।

    चीनमा इन्धन बोक्ने ट्याङ्करमा खाने तेल जस्ता खाद्य वस्तुको ढुवानी व्यापक हुने गरेको र यो ‘ओपन सेक्रेट’ जस्तै भएको बेइजिङ न्यूजले एक ट्याङ्कर चालकको भनाई उद्धृत समाचारमा भनेको छ । यो काण्डले खाद्य सुरक्षा मापदण्ड कार्यान्वयन गराउने चीन सरकारको क्षमतामाथि सर्वसाधारणको विश्वास थप डगमगाएको छ ।

    हालैका दिनमा चिनियाँ सामाजिक सञ्जालहरूमा यो ट्रेन्डिङ विषय बनिरहेको छ । एक्सको चिनियाँ संस्करण वेइपोमा यस घोटालाबारे दसौँ हजार पोस्ट भएका थिए । चीनमा बेला बेलामा खाद्य घोटाला भइरहन्छ । यस अघि सन् २००८ मा शिशुले खाने धुलो दूधमा उच्च मात्रामा मेलामाइन रसायन भेटिएको थियो ।

    यस घटनामा कम्तीमा ६ जना शिशुको मृत्यु भएको थियो भने ३ लाखभन्दा धेरै बिरामी परेका थिए । तेल घोटालालाई केहीले धुलो दूधमा भएको सान्लु घोटलाा भन्दा ठूलो भनिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया