• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्ट शृङ्खला शुरु

2.5K
SHARES



काठमाण्डाै । घरेलु टोली इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको ३ खेलको टेस्ट क्रिकेट शृङ्खला आजदेखि शुरु भएको छ । इङ्गल्यान्डले लन्डनमा टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले अहिले पहिलो पारीको ब्याटिङ गरिरहेको छ ।

यो खेल इङ्गल्यान्डका स्टार बलर जेम्स एन्डरसनका लागि विशेष रहेको छ । ४१ वर्षीय एन्डरसनले अन्तिम पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हुन् । एन्डरसनले टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट गरी अहिलेसम्म ९ सय ८७ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिने बलरको तेस्रो स्थानमा छन् ।

यो सूचीको पहिलो नम्बरमा १ हजार ३ सय ४७ विकेट लिएका श्रीलङ्काका मुथैया मुरलीधरन र अस्ट्रेलियाका शेन वार्न १ हजार १ विकेटसहित दोस्रो स्थानमा छन् ।

इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट आउँदो जुलाई १८ र तेस्रो तथा अन्तिम टेस्ट जुलाई २६ देखि शुरु हुने भएका्े छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ