• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    अटोपाइलट मोडमा राखेको टेस्ला गाडी रेलको लिगमा कुदेपछि…

    4.3K
    SHARES



    काठमाडौं । अटोपाइलट मोडमा राखेको टेस्ला गाडी झुक्किएर रेलको लिगमा पुगेको एउटा घटनाले अहिले चर्चा बाहिरिएको छ । एक ड्राइभरले अटोपाइलट मोडमा राखेको गाडी बाटो छोडी रेलको लिगमा कुदेको हो ।

    यो घटना अमेरिकाको साक्रामेन्ट सहरको उत्तरपश्चिमको उडल्यान्ड भन्ने ठाउँको हो । उक्त घटनापछि बुधबार स्थानीय प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लिगमा कुदेको टेस्लाको फोटो सार्वजनिक गरेको छ ।

    प्रहरीका अनुसार अटोपाइलट सिस्टममा खराबी आउँदा त्यस्तो घटना निम्तिएको हो । “अटोपाइलटले रेलको लिगलाई बाटो ठान्दा गम्भीर खतरा निम्त्याउने घटना भएको हो,” प्रहरीले फेसबुकमा भनेको छ । यात्रुको परिचय भने गोप्य राखिएको छ । उक्त दुर्घटनामा गाडी क्षति भएको वा ड्राइभरलाई चोटपटक लागे नलागेको विषय पनि सार्वजनीक गरीयकाे छैन ।

    हाल यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । अटोपाइलट मोडमा गाडी चलाइरहँदा त्यसमा कैयाैं जोखिम हुने भएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया